राष्ट्रिय सभाका दुई समिति सभापतिले लिए शपथ

राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सभा मातहतका दुई विषयगत समितिका नवनिर्वाचित सभापतिलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।

सिंहदरबारमा आज आयोजित समारोहमा अध्यक्ष दाहालसमक्ष विधायन व्यवस्थापन समितिका नवनिर्वाचित सभापति तुलसाकुमारी दाहाल र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले शपथ लिएको हो ।

विषयगत समितिका सपभातिले निर्वाचित भएपछि अध्यक्षसमक्ष शपथ लिनुपर्ने व्यवस्था छ । उनीहरु आजै आ–अफने समितिमा भएको निर्वाचनबाट निर्वाचित भएको हो ।

अध्यक्षले नवनिर्वाचित सभापतिलाई खादा र पुष्पगुच्छा प्रदान गरी बधाई ज्ञापन गरे । शथप ग्रहण समारोहमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, राष्ट्रियसभाका उपाध्यक्ष बिमला घिमिरे र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरु उपस्थिति थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार