राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकका निम्ति दरखास्त आह्वान 

अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकका निम्ति दरखास्त आह्वान गरेको छ । एन्फाले सोमबार सामाजिक सञ्जालमार्फत रिक्त रहेको प्रशिक्षक पदका लागि दरखास्त आह्वान गरेको हो । 

एन्फाले नेपाली टिमको प्रशिक्षण सम्हाल्न प्रो लाइसेन्स र पाँचदेखि १० वर्षको अनुभव भएको हुनुपर्ने जनाएको छ । सोमबार खुलेको आवेदनको अन्तिम म्याद असोज १४ गतेसम्मको राखेको छ । 

यसअघि नेपाली टिम इटालियन प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेसको प्रशिक्षणमा थियो । भिन्चेन्सो २०७९ फागुनमा नेपाली टिमको जिम्मेवारीमा आएका थिए । तर, एन्फाको भदौ १२ र १४ गते बसेको एन्फाको केन्द्रीय कार्यसमितिको बैठकले इटालियन प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेसको स्थानमा नयाँ प्रशिक्षक खोज्ने निर्णय गरेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार