प्रधानन्यायाधीश सिफारिस गर्न बालुवाटारमा संवैधानिक परिषद् बैठक

प्रधानन्यायाधीश नियुक्तिको सिफारिसका लागि आज पनि संवैधानिक परिषद्को बैठक सुरू भएको छ ।

बैठकको मुख्य एजेन्डा प्रधानन्यायाधीश सिफारिस रहेको छ । प्रधान्यायाधीश सिफारिसको लागि गएको शुक्रबार पनि परिषद् बैठक बसेको थियो । तर, शुक्रबारको बैठक कुनै निर्णयबिनै सकिएको थियो ।

संवैधानिक परिषद्को अध्यक्ष प्रधानमन्त्री हुने व्यवस्था छ । प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, विपक्षी दलका नेता र उपसभामुख सदस्य हुन्छन् ।

शुक्रबारको बैठकमा प्रधानन्यायाधीशका उम्मेदवारमध्ये वरिष्ठतम् न्यायाधीश प्रकाशमानसिंह राउतको विषयमा थप अध्ययन गर्नुपर्ने भन्दै उपसभामुख इन्दिरा रानाले प्रश्न उठाएकी थिइन् । त्यस्तै विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले अन्य संवैधानिक नियुक्ति पनि एकसाथ टुंग्याउन माग गरेका थिए । सहमति नजुटेपछि सोमबार फेरि बस्ने गरी बैठक टुंग्याइएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार