सात सय भन्दाबढी क्यान्सरका बिरामीलाई नेपाल एयरलाइन्सको नि:शुल्क हवाई टिकट

नेपाल एयरलाइन्सले एक वर्षमा सात सय भन्दाबढी क्यान्सरका बिरामीलाई निस्शुल्क हवाई टिकट उपलब्ध गराएको छ ।

नेपाल अर्बुद रोग निवारण संस्थाको ४२औँ स्थापना दिवसको अवसरका नेपाल एयरलाइन्सका कार्यकारी निर्देशक युवराज अधिकारीले एक वर्षमा सात सय ७० जना क्यान्सरका बिरामीलाई निस्शुल्क हवाई टिकट उपलब्ध गराएको जानकारी दिए ।

नेपाल अर्बुद रोग निवारण संस्थाको पहलका एयलाइन्सले चिकित्सकले सिफारिस गरेको वायप्सी रिपोटका आधारमा बिरामीलाई थप उपचारको लागि भारत जानु परेका निस्शुल्क हवाई टिकट व्यवस्था गरेको थियो ।

उनका अनुसार पहिलो पटक जाँदा बिरामीलाई सत प्रतिशत छुट र कुरुवालाई ५० प्रतिशत छुट व्यवस्था गरेको थियो । त्यसैगरी दोस्रो पटक जानु परेमा बिरामीलाई ५० प्रतिशत र कुरुवालाई २५ प्रतिशत छुटको व्यवस्था गरेको छ ।

त्यसैगरी तेस्रो पटक उपचारको लागि जानु परेमा बिरामीलाई २५ प्रतिशत र आफन्तलाई १० प्रतिशत छुटको व्यवस्था गरेको थियो । उनले यो सेवा विस्तार गर्दे लैजाने प्रतिबद्धता व्यक्त गरे । संस्थाका महासचिव दीपेन्द्र वान्ताले यो सेवाले थप उपचार आवश्यक परेर भारत जाने क्यान्सरका बिरामीलाई धेरै राहत मिलेको बताए ।

संस्थाका अध्यक्ष महेश श्रेष्ठले सरकारले क्यान्सर रोकथाम सम्बन्धी अभियान सञ्चालन गर्न माग गरे । उनले भने, “क्यान्सर रोकथाम गर्न सरकारले केही वर्ष क्यान्सर रोकथाम सम्बन्धी अभियान वर्ष घोषण गरी काम गर्न सकेमा जनमानमा ठुलो प्रभाव पर्ने थियो ।”

उनले सरकारले सुर्तीजन्य पदार्थको नियन्त्रण गर्न काम ऐन बने पनि कार्यान्वयन हुन नसक्नु दुखद् जिकिर गर्दै सबै मिलेर कार्यान्वयन गर्न आग्रह गरे । क्यान्सर बनाउने मुख्य कारक तत्त्वको धूम्रपानको कर बढाउन उनले सरकार समक्ष माग गरे ।

चुनौतीको रूपमा रहेको रोगको न्यूनीकरण र रोकथामका लागि सबेको सहकार्य रहेको उनको तर्क छ । खानेकुराबाटै क्यान्सरको जोखिम बढेको भन्दै उहाँले सरकारले खाद्यनको गुणस्तर कडाइका साथ जाँच गर्न सरकारसमक्ष अनुरोध गरे ।

उनले भने, “नेपालमा नै खेती गर्ने किसानलाई कति मात्र विषादीको प्रयोग गर्ने भन्ने विषयमा मापदण्डा बनाउन सकेमा केही हदसम्म कम हुने थियो ।”

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार