तोलामा ६ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

असोजको पहिलो दिन सुनको मूल्य घटेको छ ।

सुन आज प्रतितोला ६ सय रुपैयाँले सस्तो भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

जसअनुसार आज सुन प्रतितोला १ लाख ५६ हजार ७ सय रुपैयाँमा निर्धारण भएको छ । यसअघि हिजो (सोमबार) सुन १ लाख ५७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि घटेको छ । सोमबार प्रतितोला एक हजार नौ सय १५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला एक हजार नौ सय पाँच रूपैयाँमा किनबेच भइरहेको छ ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ घटेको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार