सरकारका न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार

सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा निर्माण अन्तिम चरणमा पुगेको छ ।

प्रधानमन्त्रीमा केपी शर्मा ओली नियुक्त भएपछि सत्ता साझेदार दलहरु नेकपा एमाले र नेपाली कांग्रेसले साझा कार्यक्रम तय गर्नका लागि कार्यदल गठन गरेको थियो । सो कार्यदलले आफ्नो काम अन्तिम चरणमा पुर्याएको हो ।

न्यूनतम साझा कार्यक्रम बजेट र सरकारको नीति तथा कार्यक्रमसँग मेल खानेगरी तयार गरिएको नेताहरुले बताएका छन् । कार्यदलमा काँग्रेसका तर्फबाट महामन्त्री गगन थापा र नेता प्रकाशशरण महत छन् भने एमालेबाट उपमहासचिवहरू प्रदीप ज्ञवाली र विष्णु रिमाल छन् ।

कार्यदलले मस्यौदा निर्माणको काम समयमै सकेमा प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन अमेरिका जानु अघि नै सार्वजनिक गर्ने तयारी भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै असोज ४ गते महासभामा भाग लिन अमेरिका जाँदैछन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार