सहकारीको छानबिन प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषदको निर्णय

सरकारले सहकारीसम्बन्धी संसदीय विशेष छानबिन समितिको प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयहरुमा पठाउने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरूङले जानकारी दिए ।

संयोजक सूर्यबहादुर थापाको नेतृत्वमा बनेको समितिले सोमबार संसदमा प्रतिवेदन बुझाएको थियो । सभापति थापाले सोमबार प्रतिवेदन प्रतिनिधि सभामा पेस गरेका थिए । लगत्तै सभामुख घिमिरेले कार्यार्थ सरकारलाई पठाउन सचिवालयलाई निर्देशन दिएका थिए ।

संसदीय विशेष समितिले सूर्य दर्शन, सुप्रिम लगायतका सहकारीको रकम गोर्खा मिडियामा अपचालन भएको निष्कर्षसहित जीबी राई, कुमार रम्तेलर, रवी लामिछाने र छविलाल जोशीलाई कारबाही गर्न सिफारिस गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार