कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सिंहलाई 

उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको अनुपस्थितिमा कार्यवहाक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई दिएका हुन् ।  

प्रधानमन्त्री ओली अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसंघ महासभाको ७९औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान गर्ने भएका हुन् ।

प्रधानमन्त्री ओली असोज १४ गते स्वदेश फर्किने कार्यक्रम छ । 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार