लागु औषधसहित चन्द्रागिरिबाट ३३ वर्षीय युवक पक्राउ

लागु औषधसहित काठमाडौँको चन्द्रगिरिबाट प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

चन्द्रागिरि नगरपालिका- २ नागढुंगास्थित चेक प्वाइन्टबाट प्रहरीले पर्साका ३३ वर्षीय विनोद धामी थारुलाई पक्राउ गरेको हो ।

वीरगन्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०१ ००६ स्व ३१३९ नम्बरको बसमा सवार थारुलाई प्रहरी प्रभाग नागढु‌ङ्गाबाट खटिएको प्रहरी टोली तथा लागुऔषध नियन्त्रण ब्युरोको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा पक्राउ गरेको हो ।

थारुले लगाएको जिन्स पाइन्टको भित्रबाट २० पत्ता नाइट्राभेट १० ९५९८ ट्याबलेट० बरामद गरिएको प्रहरीले जनाएको छ ।

उनलाई प्रहरी बृत्त थानकोटको हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार