नेपाली बृहत् शब्दकोष संशोधन हुने

नेपाल प्रज्ञा प्रतिष्ठानले २०७९ मा प्रकाशित प्रज्ञा नेपाली बृहत् शब्दकोषमा प्रविष्ट कतिपय शब्दार्थका बारे संशोधनका लागि सुझाव माग गरेको छ । पुस मसान्तभित्र आवश्यक सुझाव प्रज्ञा प्रतिष्ठानको इमेलमा पठाउन सकिनेछ ।

प्रतिष्ठानका सदस्य सचिव धनप्रसाद सुवेदीले सूचना निकालेर कतिपय शब्दार्थका बारेमा गुनासा आएकोले संशोधन र परिमार्जनका लागि सुझाव माग गरिएको उल्लेख गरेका छन् ।

उनका अनुसार शब्दकोष आवश्यक परिमार्जन सुरू गरिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार