पत्रकार महासंघका कार्यवाहक अध्यक्षले पनि दिए राजीनामा

नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टले पदबाट राजीनामा दिएका छन् ।

यसअघिका अध्यक्ष विपुल पोख्रेलले पदबाट राजीनामा दिँदै विष्टलाई कार्यवाहक तोकेका थिए । कार्यवाहक अध्यक्ष विष्टले यही असोज १२ गते महासंघको चुनाव गर्ने गरी मिति तोकेका थिए ।

असोज ४ गतेका लागि उम्मेदवारको मनोनयन दर्ताको कार्यतालिका थियो । तर उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम स्थगित गरिएको थियो ।

विष्टले उपाध्यक्ष बाला अधिकारी र महासचिव रोशन पुरीलाई बोधार्थ दिँदै राजीनामा पत्र शुक्रबार महासंघको केन्द्रीय कार्यालयमा पठाएका हुन् ।

यसअघि गत भदौ २४ गते महासंघका अध्यक्ष विपुल पोखरेलले पनि तोकिएको समयमा निर्वाचन गर्न नसकिएको भन्दै राजीनामा दिएका थिए । उनको राजीनामापछि विष्टलाई कार्यावाहक अध्यक्ष तोकिएको थियो ।

उनले राजीनामापत्रमा भनेका छन्, ‘पत्रकारीता क्षेत्रले नै नचिनेका व्यक्तिलाई घरमै सदस्यता पु¥याउने गलत अभ्यास हुर्किदै जानु लज्जाको विषय हो। संगठनहरुको दवावमा त्यस्ता व्यक्तिलाई सदस्य स्वीकार गर्दै जानु महासंघको गम्भिर भुल भएको स्वीकार गर्नु पर्दछ ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार