सहकारी छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)

सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधि सभाले छानबिन समितिको प्रतिवेदन बिहीबार वेबसाइटमा सार्वजनिक गरेको हो ।

उक्त प्रतिवेदन शुक्रबार प्रतिनिधि सभाको वेबसाइटमा प्रकाशन गरिएको हो । नेकपा (एमाले) का सांसद सूर्य थापा सभापति रहेको सात सदस्यीय समितिले गत भदौ ३१ गते प्रतिनिधि सभामा सहकारीसम्बन्धी प्रतिवेदन पेस गरेका थिए ।

सोही दिन सभामुख देवराज घिमिरेले प्रतिवेदन सरकारलाई पठाउन निर्देशन दिएका थिए । असोज २ गतेको मन्त्रिपरिषद बैठकले सहकारीसम्बन्धी प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरेको थियो ।

छानबिन समितिले सूर्यदर्शन, सुप्रिम, स्वर्णलक्ष्मी, सहारा र सानोपाइला सहकारीबाट कानुन विपरीत गोर्खा मिडियामा रकम प्रवाह भएको प्रष्ट किटान गरेको छ । सञ्चालक तथा निर्णय प्रक्रियामा संलग्नलाई कारबाही गर्न प्रतिवेदनमा भनिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार