काठमाडौं उपत्यकाको खानेपानी सुधारका लागि एडीबीले दियो करिब २३ अर्ब ऋण

सरकारले काठमाडौं उपत्यका खानेपानी आपूर्ती सुधार आयोजना दोस्रोको लागि एसियाली विकास बैंकबाट प्राप्त हुने १७० मिलियन अमेरिकी डलर (करिब २२ अर्ब ८९ करोड रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गरेको छ ।

असोज २ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त ऋण तथा करिब ४० करोड रुपैयाँ ३९ लाख रुपैयाँ बराबरको अनुदान सहायता सम्बन्धी वित्तिय सम्झौता तथा अन्य दस्तावेजलाई अन्तिम रुप दिन सरकारको तर्फबाट अर्थमन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गरेको छ ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो जानकारी दिएका हुन् ।

मन्त्री गुरुङले भने, ‘काठमाडौं उपत्यका खानेपानी आपूर्ती सुधार आयोजना दोस्रोको लागि एसियाली विकास बैंकबाट प्राप्त हुने १७० मिलियन अमेरिकी डलर (करिब २२ अर्ब ८९ करोड रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण सहायता तथा १५ मिलियन (करिब २ अर्ब १ करोड रुपैयाँ) बराबरको अनुदान सयहायता एवम् जापान फन्ड फर पस्परस एण्ड रिजोलुसन एसिया एण्ड प्यासिफिक बाट प्राप्त हुने ३ मिलियन अमेरिकी डलर करिब ४० करोड रुपैयाँ ३९ लाख रुपैयाँ बराबरको अनुदान सहायता सम्बन्धी वित्तिय सम्झौता तथा अन्य दस्तावेजलाई अन्तिम रुप दिन नेपाल सरकारको तर्फबाट अर्थमन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार