तीन सर्जकलाई भैरव पुरस्कार घोषणा

नेपाली साहित्यका विराट प्रतिभा भैरव अर्यालको स्मृतिमा स्थापित तीन पुरस्कार घोषणा गरिएको छ । 

भैरव पुरस्कार गुठीका अध्यक्ष साहित्यकार रोचक घिमिरेको अध्यक्षतामा बसेको बैठकले पुरस्कार प्राप्तकर्ताहरूको नाम अनुमोदन गरेको छ । जसअनुसार २०८१ सालको ‘भैरव पुरस्कार’ हास्यव्यङ्ग्यकार लक्ष्मण गाम्नागेलाई प्रदान गर्ने निर्णय भएको छ । पुरस्कारका साथ नगद राशि १ लाख ११ हजार १११ रुपैयाँ छ ।
 
त्यस्तै ‘भैरव वाङ्मय पुरस्कार’ नगद राशि १ लाख १ हजार १११ रुपैयाँसहित कोशकार चूडामणि गौतमलाई प्रदान गरिने गुठीले जनाएको छ । त्यसैगरी ५१ हजार १११ रुपैयाँ राशिको ‘भैरव प्रतिभा पुरस्कार’ कलाकार लक्ष्मी गिरीलाई प्रदान गरिने निर्णय भएको छ । 

उक्त पुरस्कार यही असोज १९ गते भैरव स्मृति दिवसका दिन प्रदान गरिने गुठीका सचिव वसन्त रिजालले जानकारी दिए । 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार