१ लाख ८० हजार ट्रामाडोलसहित ६ जना लागुऔषध कारोबारी पक्राउ

नेपाल प्रहरीले ठूलो परिमाणमा नियन्त्रित मनोद्विपक पदार्थ (लागुपदार्थ)सहित ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले १ लाख ८० हजार ४३० ट्रामाडोल क्याप्सुलसहित उनीहरूलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

शुक्रवार पत्रकार सम्मेलनमा लागुऔषध नियन्त्रण ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक दिनेशकुमार आचार्यले लागुऔषध कारोबारमा संलग्न गिरोहमध्येका ६ जनालाई पक्राउ गरिएको जानकारी दिए ।

सुरुमा उदयपुर घर भई काठमाडौँको गोकर्णेश्वर बस्ने ३० वर्षका बहादुर राईलाई बागमती करिडोर सडक किनारबाट ९ सय क्याप्सुलसहित पक्राउ गरिएको थियो । उनको कोठा खानतलासी गर्दा थप ३३ हजार ६ सय क्याप्सुल ट्रामाडोल बरामद भएको आचार्यले बताए ।

यस्तै सर्लाहीका विपिनकुमार महतोलाई कागेश्वरी मनोहराबाट ५३ हजार ९०० क्याप्सुल ट्रामाडोल र नित्रजेपाम ट्याब्लेट ८९२ सहित पक्राउ गरिएको उनले जानकारी दिए । पर्वतका बालकृष्ण अधिकारीलाई नयाँ बसपार्कस्थित सडक किनारबाट ९ हजार क्याप्सुल ट्रामाडोलसहित पक्राउ गरिएको हो ।

उनले उक्त क्याप्सुल सम्झना रोक्काबाट खरिद गरी बिक्री वितरण गर्ने गरेको अनुसन्धानमा खुल्न आएपछि उनलाई समेत पक्राउ गरिएको छ । उनको कोठामा खानतलासी गर्दा थप ट्रामाडोल क्याप्सुल ८३ हजार तथा नगद २ लाख ५० हजार रुपैयाँ बरामद गरिएको छ ।

उनलाई उक्त लागूऔषध बिक्री गर्ने बाराका ३४ वर्षीय प्रदीप सर्राफलाई पनि काठमाडौँको टोखाबाट र उनीसँग कारोबार गर्ने काठमाडौँको डल्लुका मनमोहन श्रेष्ठलाई पनि पक्राउ गरिएको छ ।

उनीहरूमाथि लागुऔषध ९नियन्त्रण० ऐन, २०३३ बमोजिम काठमाडौँ जिल्ला अदालतबाट लागुऔषध मुद्दामा म्याद थप भई अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार