सुरुङ बनाएर घरभित्र चोरी, एकजना पक्राउ

रौतहटमा सुरुङ खनेर घरभित्र परेर चोरी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

गत असार २४ गते राति दुर्गाभगवती गाउँपालिका ५ बडहर्वा टोलमा घरमा सुरुङ खनेर चोरी भएको थियो ।

स्थानीय चन्देश्वर दास तत्मा, लक्ष्मी दास र रामनारायण साहको घरमा सेन काटेर सुरुङ बनाई चोर घरभित्र पसेर चोरी गरेका थिए ।

चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले रौतहटकै गरुडा नगरपालिका ९ बिर्ति श्रीपुर बस्ने ३० वर्षका जिआउल हकलाई पक्राउ गरेको रौतहटकी डीएसपी एलिजा गिरीले जानकारी दिएकी छन् ।

उनलाई बिहीबार पक्राउ गरेको र बुधबार अदालतबाट म्याद लिएर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

उनले घरभित्र रहेका गरगहना, लत्ताकपडा, नगद तथा मोवाइल चोरी गरेको पनि डीएसपी गिरीले बताइन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार