दक्षिण अफ्रिकालाई हराउँदै अफगानिस्तानले जित्यो सिरिज

यूएईमा जारी तीन खेलको एकदिवसीय सिरिजको दोस्रो खेलमा दक्षिण अफ्रिकालाई १७७ रनले हराउँदै अफगानिस्तानले सिरिज जितेको छ ।

अफगानिस्तानको यो ठूलो जितमा राशिद खान नायक बने। उनले ९ ओभरमा १९ रन दिएर ५ विकेट लिए । खेलको प्लेयर अफ द म्याचको अवार्ड राशिद खानले पाए । अनि विकेटकिपर ब्याट्सम्यान रहमानउल्लाह गुरबाजले शतक खेल्दै १०५ रन बनाए ।

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ३१४ रनको ठूलो स्कोर बनाएको थियो। गुरबाजले शतक तथा अजमातुल्लाह उमरजाई र रहमत शाहले अर्धशतक खेले ।

टोलीका लागि उमरजाईले ८६ रन जोडे भने रहमत शाहले ५० रन जोडे । लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिकी टोलीले राम्रो सुरुवात गरेको थियो । तर पछि टोली लडखडाउँदै गयो र जम्मा १३४ रनमा अलआउट भयो ।

दक्षिण अफ्रिकाका लागि कप्तान टेम्बा बाभुमाले सर्वाधिक ३८ रन बनाए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार