बागलुङमा घरभित्रै चट्याङ लागेर २४ वर्षीया युवतीको मृत्यु

बागलुङको निसीखोला गाउँपालिका-३ किटनीकी २४ वर्षीया रजना बुढाको गत राति चट्याङ लागेर मृत्यु भएको छ। आफ्नै घरभित्र बसिरहेको अवस्थामा चट्याङ पर्दा गएराति उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए।

उनका अनुसार स्थानीयले इलाका प्रहरी कार्यालय झिवाखोलामा राति १ बजे खबर गरेका थिए। चट्याङ परेको खबर पाएलगत्तै प्रहरी वरिष्ठ हवल्दार केशव बुढाथोकीको कमान्डमा दुई जना प्रहरी टोली घटनास्थलमा गएर उद्धार गरेको थियो।

थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट प्रहरी निरीक्षक आनन्द बस्नेतको कमान्डमा सात जनाको प्रहरी टोली खटिएको उनले जानकारी दिए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार