एनपीएलको अक्सनमा सहभागी हुन चाहने खेलाडीलाई नाम दर्ता खुला

नेपाल क्रिकेट संघ (क्यान)ले लेनेपाल प्रिमियर लिग (एनपीएल)को अक्सनका लागि खेलाडीको नाम दर्ता खुलाएको छ। क्यानले शनिबार एक विज्ञप्ती जारी गर्दै एनपीएलको अक्सनमा सहभागी हुन चाहने खेलाडीहरुलाई नाम दर्ता गर्न आह्वान गरेको हो।

क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार खेलाडीलाई ए, बी र सी गरी ३ श्रेणीमा विभाजन गरिने र खेलाडीले कुनै पनि श्रेणीमा आफ्नो नाम दर्ता गराउन सक्नेछन्।

नाम दर्ताका लागि असोज १२ गतेसम्मको समयसीमा क्यानले तोकेको छ। त्यस्तै दर्ता शुल्क १ हजार रुपैयाँ तोकिएको छ।
दसैंअघि नै खेलाडीको अक्सन हुने बताइएको छ। यसअघि क्यानले ८ मार्की खेलाडी घोषणा गरिसकेको छ। ती बाहेकका खेलाडीलाई अक्सनमार्फत छानिनेछ।

विदेशी खेलाडी भने टिमहरुले सम्झौता गरेर सिधै अनुबन्धन गर्न पाउने छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार