वेस्टह्याममाथि चेल्सीको फराकिलो जित

इङ्लिस प्रिमियर लिगमा वेस्ट ह्याम युनाइटेडमाथि चेल्सीले फराकिलो जित दर्ता गरेको छ। लन्डन स्टेडियममा शनिबार भएको खेलमा चेल्सीले वेस्ट ह्यामलाई ३–० को फराकिलो अन्तरले पराजित गरेको हो। चेल्सीको जितमा निकोलस ज्याकसनले दुई तथा कोल पालमरले एक गोल गरे।

खेलको पहिलो हाफमा २–० ले अग्रता बनाएको चेल्सीले दोस्रो हाफमा १ गोल थप्यो। पहिलो हाफको तेस्रो मिनेटमा नै निकोलस ज्याकसनको गोलमा चेल्सीले सुरुवाती अग्रता बनाएको थियो।

पहिलो हाफको १८ औँ मिनेटमा निकोलसले व्यक्तीगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर पारे। खेलको ४७ औँ मिनेटमा निकोलसको पासमा पालमरले गोल गर्दै चेल्सीलाई ३–० को अग्रता दिलाए।

जितसँगै चेल्सी अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। लिगका ५ खेलमध्य तीन खेलमा जित, एक खेलमा बराबरी र १ खेलमा हार व्यहोरेको चेल्सीले अंक तािलकामा १० अंक जोडेको छ।

एक खेल कम खेलेको म्यानचेस्टर सिटी १२ अंकमा शीर्ष स्थानमा छ। एक खेल कम खेलेको आर्सनल र न्यु क्यासल समान १० अंकमा तेस्रो र चौथो स्थानमा छन्।

लिगमा आजै राति सात खेल हुनेछन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार