केलियन एमबाप्पेले स्पेनिस ला लिगाको तीन खेलमा चौथो गोल गरेपछि रियल मड्रिडले इस्पानियोलमाथि सानदार जित दर्ता गरेको छ ।
शनिबार राति भएको खेलमा रियलले इस्पानियोलमाथि ४–१ को फराकिलो जित हात पारेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा सबै गोल दोस्रो हाफमा सम्भव भएको हो।
खेलको ५४ औँ मिनेटमा जोफ्रे क्यारेरासको क्रसमा थिबाउट कोर्टोइसको आत्मघाति गोलमा इस्पानियोलले सुरुवाती अग्रता थियो । यद्यपी यो अग्रता चार मिनेट मात्र टिक्न सक्यो ।
यद्यपी खेलको ५८ औँ मिनेटमा ड्यानी कार्भाजलले गोल गर्दै रियललाई बराबरीमा ल्याए । खेलको ७५ औँ मिनेटमा भिनिसियस जुनियरको पासमा रोड्रिगोले गोल गर्दै रियललाई २–१ को अग्रता दिलाए ।
७८ औँ मिनेटमा केलियन एमवाप्पेको पासमा भिनिसियस जुनियरको गोलमा रियल ३–१ को स्थितीमा पुग्यो ।
खेलको अन्तिम मिनेटमा एमबाप्पेले पेनाल्टीमा गोल गर्दै रियललाई ४–१ को फराकिलो जित दर्ता गराए । ला लिगाको ६ मध्य चारमा खेलमा जित निकालेको रियल १४ अंकमा तालिकाको दोस्रो स्थानमा छ ।
रियलभन्दा एक खेल कम खेलेको बार्सिलोना ५ खेलमा १५ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ। समान खेलबाट एथलेटिको मड्रिड ११ अंकमा तालिकाको तेस्रो स्थानमा छ ।
गएराति नै भएको अन्य खेलमा भ्यालेन्सियाले जिरोनालाई २–० ले पाखा लगाएको छ । ओसासुनाले लस पालमासलाई २–१ ले हराउँदा रियल भल्लाडोलिड र रियल सोसिडाडले भने गोलरहित बराबरी खेल्दै अंक बाँडे ।