करेन्ट लगाएर मारिएको अवस्थामा जंगली हात्ती फेला

बाराको कोल्हबी नगरपालिकावडा नं २ मा जंगली हात्तीलाई बिजुलीको करेन्टबाट मारिएको अवस्थामा फेला परेको छ । करिब १५ वर्षको जंगली हात्ती मृत अवस्थामा फेला परेको कोल्हबी सब डिभिजन वन कार्यालयका प्रमुख अब्दुल करिमले बताएका छन् ।

हात्तीको घाटीमा करेन्टको तार बेरिएको अवस्थामा छ । स्थानीय रमेश जिसीको धान खेतमा हात्ती मरेको अवस्थामा फेला परेको हो । २०८० फागुनमा सोही स्थानमा करिब तीन वर्षको पोथी बाघ समेत मृत अवस्थामा फेला परेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार