एक दर्जन नेताहरु लिएर चीन उडे स्वर्णिम वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा स्वर्णिम वाग्ले नेतृत्वको एक टोली चीन भ्रमणमा लागेका छन् । गएराती ७ जना सांसहिसहित १४ जनाको टोली चीन उडेको हो ।

टोलीका अन्य सदस्यमा प्रतिनिधिसभा सदस्यहरु शिशिर खनाल, डा. तोसिमा कार्की, मनिष झा, असिम साह, शिव नेपाली,गणेश पराजुली छन् । त्यसैगरी केन्द्रीय सदस्यहरु बासुमाया तामाङ, निशा मेहता, पुकार बम, लिमा अधिकारी, प्रकाश विष्ट, तपेश्वर यादव र खुश्बु सरकार श्रेष्ठ पनि टोलीमा छन् ।

भ्रमणका क्रममा टोली चीनका छेङ्दु, चोङकिङ र बेइजिङमा पुग्नेछ । त्यहाँ केही सांस्कृतिक कार्यक्रममा सहभागीता जनाउने, केही केही विश्वविद्यालयको भ्रमण गर्ने र केही ‘इनोभेसन ल्याव’हरुको अवलोकण गर्ने कार्यक्रम रहेको छ ।

चीन भ्रमणका लागि ६ महिनाअघि नै निम्तो आएको भए पनि संसद चालु रहेकाले आउन नसकिने भन्दै रास्वपाले त्यसलाई केही समय थाँती राखेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार