श्रीलंकाको राष्ट्रपति चुनावमा वामपन्थी उम्मेदवार दिसानायकेको सानदार अग्रता

श्रीलंकाको राष्ट्रपति निर्वाचनमा वामपन्थी नेता अनुरा दिसानायकेले सानदार अग्रता लिएका छन् । जारी प्रारम्भिक मतगणनामा उनले ५० प्रतिशत मत सहित अग्रता बनाएका छन् ।

श्रीलंकाको निर्वाचन आयोगको आँकडाअनुसार १० लाख भोट गणना भइसक्दा दिसानायकेले ५० प्रतिशत मत पाउँदा अन्य उम्मेदवार भने निकै पछि रहेका छन् । दिसानायके नेशनल पिपुल्स पावर (एनपीपी) गठबन्धनको अध्यक्ष समेत हुन् ।

दिसानायकेपछि साजिथ प्रेमदासाको पार्टी २० प्रतिशत मतसहित दोस्रो स्थानमा र वर्तमान राष्ट्रपति रनिल विक्रमासिंघे १८ प्रतिशत भोटसहित तेस्रो स्थानमा छन् । पूर्वराष्ट्रपति गोटाबाया राजपाक्षेका छोरा नमल राजपाक्षेले केबल १ प्रतिशत मत पाएका छन् ।

श्रीलंकाको राष्ट्रपति पदका लागि ३८ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । नयाँ राष्ट्रपति चयनका लागि शनिबार मतदान भएको थियो। बीबीसीका अनुसार निर्वाचनमा ७० प्रतिशत मतदान भएको छ ।

श्रीलंकामा राष्ट्रपति निर्वाचित हुन ५१ प्रतशित मत ल्याउनु पर्ने हुन्छ । श्रीलंकामा दुई वर्ष अगाडि आर्थिक अवस्था बिग्रिएपछि भएको विरोध प्रदर्शनमा नेतृत्वदायि भुमिका खेलेका दिसानायकेले जित निकाल्ने सर्वेक्षणहरु भएका थिए ।

यस चुनावलाई देशको अर्थव्यवस्था सम्हाल्ने सरकारको जनमतसंग्रहको रुपमा समेत हेरिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार