प्रत्यक्ष प्रसारणकै क्रममा अल जजीरा टेलिभिजनमा इजरायली सेनाको छापा

इजरायली सेनाले आफ्नो कब्जामा रहेको वेस्ट बैंकको रामल्लाहस्थित न्युज च्यानल अल जजिराको कार्यालयमा हतियारसहित छापा मारेको छ ।

कतारको दोहामा मुख्यालय रहेको अल जजीराको रमल्लास्थित कार्यालय ४५ दिन बन्द गर्नसमेत इजरायली सेनाले आदेश दिएको छ ।

आइतबार बिहान सशस्त्र तथा मुखौटा लगाएका इजरायली सैनिक प्रत्यक्ष प्रसारण भइरहेकै बेला अल जजिराको कार्यालयमा प्रवेश गरेको बीबीसीले जनाएको छ । त्यसपछि उनीहरूले अल जजिराको वेस्ट बैंक ब्युरो प्रमुख वालिद अल-ओमारीलाई न्युज च्यानल बन्द गर्न आदेश दिएको बीबीसीले जनाएको छ । जुन दर्शकले लाइभ हेरिरहेका थिए।

इजरायली सेनाले बन्द गर्नुको कारण भने नखुलाएको अल जजीराले जनाएको छ । केही समय पहिले अल जजीरालाई इजरायलमा रिपोर्टिङ गर्न प्रतिबन्ध लगाइएको थियो । त्यसलगत्तै वेस्ट बैंकस्थित कार्यालय बन्द गर्न इजरायली सेनाले आदेश दिएको हो ।

गत मे महिनामा इजरायली सरकारले इजरायलमा अल जजीराको प्रत्यक्ष प्रसारणमाथि समेत रोक लगाएको थियो । सुरुमा ४५ जना दिनका लागि बन्द भने पनि इजरायलमा अल जजीराका पत्रकारले अहिले पनि रिपोर्टिङ गर्न पाएका छैनन् । ‘पत्रकारहरूमाथि यसरी निसाना साध्नु सत्यलाई मेटाउन खोजिएको हो । साथै मानिसहरूलाई साँचो सूचनाबाट वञ्चित गर्नु हो,’ वेस्ट बैंकका ब्युरो चिफ ओमारीले भनेका छन् ।

गत वर्षको अक्टोबरदेखि चलिरहेको इजरायल-हमास युद्धमा पत्रकारहरू चपेटामा परेका छन् । इजरायली सुरक्षा फौजको कारबाहीमा अहिलेसम्म १७३ जना पत्रकार मारिएको गाजास्थित सरकारी अधिकारीहरूद्ये जनाएका छन् । अल जजीराका इस्माइल अल घौल र समिर अबुदाका पनि इजरायली सेनाको कारबाहीमा मारिएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार