बङ्गलादेशविरुद्धको पहिलो टेस्टमा भारतको जित

भातरले बङ्गलादेशविरुद्धको पहिलो टेस्टमा जित हात पारेको छ । भारतको चेन्नईमा भएको पहिलो टेस्ट म्याचमा भारतले बङ्गलादेशलाई २८० रनले पराजित गरेको हो ।

भारतीय टीमले बङ्गलादेशलाई दोस्रो पारीमा २३४ रनमा अलआउट गर्दै जित हात पार्यो । भारतका लागि सबैभन्दा बढी ६ विकेट आर. अश्विनले लिए भने रवीन्द्र जडेजाले ३ र जसप्रीत बुमराहले १ विकेट हात पारे ।

भारतले पहिलो पारीमा ३७६ रन बनायो। जसको जवाफी ब्याटिङ्गमा बङ्गलादेश पहिलो पारीमा १४९ रनमा अलआउट भयो । त्यसपछि दोस्रो पारीमा भारतीय टीमले २८७ रनको पारी घोषणा गरेर ५१५ रनको लक्ष्य बङ्गलादेशलाई दिएको थियो ।

अब भारत र बङ्गलादेशबीचको दोस्रो टेस्ट २७ तारिखमा सुरु हुनेछ । त्यसपछि दुबै टीमबीच ३ खेलको टी–२० हुनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार