संसदीय समितिका सभापतिको निर्वाचन असोज ११ गते

सुदूरपश्चिम प्रदेश सभा अन्तर्गतका विषयगत समितिको निर्वाचन असोज ११ गते हुने भएको छ । आज बसेको प्रदेश सभा बैठकले असोज ११ गते दिनको १ बजे संसदीय समितिको निर्वाचन तोकेको हो ।

सार्वजनिक लेखा समिति, विधायन तथा प्रदेश मामिला समिति, सामाजिक विकास समिति र प्राकृतिक स्रोत समितिका सभापतिहरुको निर्वाचन हुने सभामुख भीमबहादुर भण्डारीले जानकारी दिए । उनले निर्वाचन कार्यतालिका प्रकाशन गर्न प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीलाई निर्देशन दिएका छन् । समितिका सभापतिहरुको निर्वाचन अहिलेसम्म हुन सकेको थिएन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार