नेपाल टेलिकमद्वारा अर्घाखाँची अस्पताललाई सामग्री हस्तान्तरण

नेपाल टेलिकम केन्द्रीय कार्यालयले अर्घाखाँची अस्पताललाई १० थान ‘बेड कम चेयर्र्स’ कुर्सी हस्तान्तरण गरेको छ । टेलिकमले कम्पनीको संस्थागत सामाजिक उत्तर दायित्व कार्यक्रमअन्तर्गत सामग्री प्रदान गरेको हो ।

अस्पतालमा बिरामी कुरूवाका लागि लक्षित गरेर सामग्री हस्तान्तरण गरिएको नेपाल टेलिकम केन्द्रीय कार्यालयका व्यापार अधिकृत अधिकृत कृष्णप्रसाद पौडेलले बताए । कुर्सीहरु दिनमा फोल्ड गरेर कुर्सी आकारको बस्न सकिने र रातमा तानेर बेड बनाएर सुत्न सकिन्छ ।

टेलिकमले प्रत्येक वर्ष शिक्षा, स्वास्थ्य, खेलकूद, बृद्धाआश्रम, बाल आश्रमलगायतका सामाजिक संघ संस्थाहरूमा राहत सामग्री हस्तान्तरण गर्दै आएको छ । वातावरण संरक्षण र हरियाली प्रवर्धनका क्षेत्रमा पनि सहयोग पुराउँदै आएको पौडेलले जानकारी दिए ।

टेलिकमले गत वर्ष सन्धिखर्क नगरपालिका–२ भगवती मा।वि। कुरसंखेटारी र भगवती मा।वि। ढाकावाङमा १ बर्ष निशुल्क इन्टरनेट सेवा प्रदान गरेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार