१ करोड ४२ लाखको सामग्रीसहित ट्रक नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले १ करोड ४२ लाख १ हजार ७ यस ९१ रुपैयाँ बराबरको सामग्रीसहितको ट्रक नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १९ स्थित सिर्सिया चोकबाट ना ५ ख १६७ नम्बरको उक्त मालवाहक​ ट्रकलाई शनिबार साँझ नियन्त्रणमा लिएको हो ।​

बिलमा उल्लेख गरिएको भन्दा बढीका हार्डवेयरलगायतका सामग्री ट्रकमा रहेको पाइएकाले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।​ वीरगञ्जबाट काठमाडौं जाँदै गरेको उक्त ट्रकमा भएको सामानको मूल्य अन्दाजी १ करोड ४२ लाख १ हजार ७९२ रुपैयाँ रहेको छ ।

थप अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार