विमानस्थलमा ढलेर ५० वर्षीय शेरबहादुरको मृत्यु

विमानस्थलमा ढलेर एक जनाको मृत्यु भएको छ । धनगढी विमानस्थलमा बोडिङ पास गर्ने क्रममा ढलेर गोदावरी नगरपालिका-२ बस्ने ५० वर्षीय शेरबहादुर बोहोराको ढलेर मृत्यु भएको हो ।

हिजो (शनिबार) साँझ धनगढीदेखि काठमाडौं जान विमानस्थलमा बोडिङ पास गर्ने क्रममा शेरबहादुर ढलेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहोराले जानकारी दिए ।

उनका अनुसार ढलेर बेहोस भएका शेरबहादुरलाई तत्काल माया मेट्रो अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको थियो । उनको हदयघातका कारण मृत्यु भएको आशंका गरिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार