११.५८ अंकले बढ्यो नेप्से, घट्यो कारोबार रकम

धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक आइतबार ११.५८ अंकले बढेको छ । कारोबार रकम भने घटेको छ ।

यस दिन पाँच अर्ब नौ करोड २९ लाख रुपैयाँको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । यसअघिको कारोबार दिन अर्थात् गएको बुधबार पाँच अर्ब ६६ करोड ९१ लाख रुपैयाँको सेयर किनबेच भएको थियो ।

आइतबार १३८ कम्पनीको सेयर मूल्य बढेको छ । ९४ कम्पनीको सेयर मूल्य घटेको छ । १२ कम्पनीको सेयर मूल्य स्थिर छ । अपर स्यांगे हाइड्रोपावर, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र इस्टर्न हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।

कारोबारमा आएका १३ मध्ये पाँच समूहको परिसूचक घटेको छ । परिसूचक घट्नेमा म्युचुअल फन्ड ०.१ प्रतिशत, फाइनान्स ०.१७, माइक्रोफाइनान्स ०.१८, उत्पादन तथा प्रशोधन ०.१९ र होटेल तथा पर्यटन समूह ०.६१ प्रतिशत रहेका छन् ।

परिसूचक सर्वाधिक बढ्नेमा वाणिज्य बैंक समूह छ । यो समूहको परिसूचक १.०१ प्रतिशतले वृद्धि भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार