एसिया सिनियर कराँते च्याम्पियनसिप : एरिका रजत पदकमा सीमित

कराँते खेलाडी एरिका गुरूङले २०औं सिनियर एकेएफ च्याम्पियनसिपमा ऐतिहासिक रजत पदक जितेकी छन् ।

चीनमा आइतबार भएको ६८ केजी माथीको तौल समुहको फाइनलमा भियतनामकी एनगोवान नुगेनसँग ६–० ले पराजित हुँदै एरिका रजत पदकमा सिमित बन्न पुगिन् । उनले प्राप्त गरेको रजत पदक पनि नेपालका लागि ऐतिहासिक पदक हो ।

एसियन कराँते फेडरेसनले आयोजना गर्ने एसियन च्याम्पियनसिपमा नेपालले जितेको यो पहिलो पदक हो । अहिलेसम्म कुनै पनि नेपाली खेलाडीले एसियन सिनियर च्याम्पियनसिपमा पदक जिन सकेका थिएनन् ।

एरिकाले यसअघि गत वर्ष चीनको हाङझाओमा भएको १९ औं एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक जितेकी थिइन् ।

शुक्रबार भएको खेलमा तीन वाउट जित्दै एरिका फाइनलमा पुगेकी थिइन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार