ओमानमा कार दुर्घटनामा परि दुई नेपालीको मृत्‍यु

ओमानमा कार दुर्घटनामा परेर दुई नेपालीको मृत्यु भएको छ । राजधानी मस्कटदेखि झन्डै २ सय किलोमिटर टाढा नीज्वा इज्की रोडमा गत आइतबार भएको दुर्घटनामा एक महिला र अर्को पुरुषको मृत्यु भएको हो ।

मृत्यु हुनेमा तिलोत्तमा नगरपालिका रुपन्देहीका नर बहादुर सारु र झापाकी समिता बुढाथोकी रहेको नेपाली दुतावास ओमानले जनाएको छ । सारु आफैले चलाएको कार सडकमा अनियन्त्रित भई दुर्घटना भएको थियो ।

ज्यान गुमाउने सारु ओमानमा रहेको अल सीर कम्पनीमा मर्चनडाइजरको रुपमा सन् २०१८ र समिता त्यहाँ रहेको वारदात अल साब अलधब्या हिना एन्ड ब्युटी सेण्टरमा हेयर स्ट्यालिस्टको रुपमा दुई वर्षदेखि कार्यरत थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार