सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न प्रहरीलाई निर्देशन

सहकारी संस्थाको बचत रकम दुरूपयोग सम्बन्धमा संसदीय छानबिन समितिले बुझाएको प्रतिवेदन कार्यान्वयनका लागि गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयललाई निर्देशन दिएको छ ।

गृहमन्त्री रमेश लेखकले आइतबार प्रहरी प्रधान कार्यालयलाई प्रतिवेदन तत्काल कार्यान्वयन गर्न निर्देशन दिएका हुन् ।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम पौडेलका अनुसार गृहसँग सम्बन्धित विषयहरूमा आवश्यक कारबाही तथा अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालयमा पठाइएको हो ।

मन्त्रिपरिषद्को बैठकले प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयमा पठाएको थियो । गृह मन्त्रालयमा कार्यान्वयनका लागि आएको निर्देशन अनरुप गृहमन्त्री लेखकले कार्यान्वयनका लागि निर्देशन दिएका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार