दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

मेडिकेल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले तीन दिन हिरासतमा राख्ने अनुमति दिएको छ । आइतबार दिउँसो निजी निवास भक्तपुरबाट पक्राउ परेका प्रसाईंलाई साइबर ब्युरो हुँदै काठमाडौँ जिल्ला अदालत लगिएको थियो ।

जिल्ला अदालतका न्यायाधीश बालकृष्ण वाग्लेको इजलासले प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गरेका हुन् ।

प्रसाईंविरुद्ध साइबर ब्युरोमा उजुरी परेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय सदस्य टीका संग्रौला (ज्वाला) लगायतका पीडित महिलाले प्रसाईंविरुद्ध ब्युरोमा जाहेरी दिएका थिए ।

सोही जाहेरीपछि अदालतको अनुमति लिएर प्रसाईंलाई प्रहरीले पक्राउ गरेको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार