श्रीलंकाको राष्ट्रपतिमा अनुरा कुमारा दिसानायके निर्वाचित भएका छन् । श्रीलंकाको निर्वाचन आयोगले आइतबार साँझ उनी राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेको छ ।
५६ वर्षीय दिसानायके मार्क्सवादी जनता विमुक्ति पेरामुना (जेभीपी) पार्टीका नेता हुन् । श्रीलंकाको इतिहासमा पहिलो पटक राष्ट्रपति निर्वाचनमा दोस्रो पटकको मतगणना गरिएको थियो ।
पहिलो चरणमा कुनै उम्मेदवारले पनि ५० प्रतिशत र एक मत नपुर्याएपछि मतगणना दोस्रो चरणमा पुगेको थियो । र, मतदाताले दोस्रो र तेस्रो प्राथमिकतामा राखेका उम्मेदवारको मत गणना गरिएको थियो ।