पूर्वडीआईजी जोशीलाई पोखरा लगियो

सहकारी संस्थाको बचत अपचलन सम्बन्धी मुद्दामा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडीआइजी छबिलाल जोशीलाई पोखरा लगिएको छ ।

उनलाई काठमाडौंबाट जहाजमा पोखरा लगिएको हो । सुर्य थापा नेतृत्वको संसदीय छानविन विशेष समितिले गरेको सिफारिसका आधारमा सरकारको निर्देशनपछि जोशीलाई अनुसन्धानका लागि पक्राउ गरिएको हो ।

सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृहमन्त्री रमेश लेखकले निर्देशन गरेको केही घण्टामै जोशी पक्राउ परेका थिए ।

सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राई र पूर्वगृहमन्त्री रवि लामिछानेसँग मिलेर जोशीले पनि रकम अपचलन गरेको संसदीय विशेष छानबिन समितिको निष्कर्ष छ । उनीहरू तिनैजना व्यापारिक साझेदार हुन् । उनीहरुले सञ्चालन गरेको गोर्खा मिडिया नेटवर्कमा पाँचवटा सहकारीबाट ६५ करोड ५४ लाख अवैध तरिकाले आएको संसदीय छानबिन समितिको निष्कर्ष छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार