महिला यू–२० विश्वकपको उपाधि उत्तर कोरियालाई 

फिफा महिला यू–२० विश्वकपको उपाधि उत्तर कोरियाले जितेको छ । आइतबार राति भएको फाइनलमा जापानविरुद्ध १–० को जित निकाल्दै उत्तर कोरियाले तेस्रोपटक यू–२० विश्वकपको उपाधि चुमेको हो ।

कोलम्बियामा भएको प्रतियोगिताको फाइनलमा उत्तर कोरियाकी फरवार्ड चोइ सनले निर्णायक गोल गरिन् । फाइनलको गोलसँगै सन कुल ६ गोलसहित प्रतियोगिताकै उच्च गोलकर्ता समेत बनिन् ।

यसअघि गत मार्चमा भएको एएफसी यू–२० एसियन कपको फाइनलमा पनि उत्तर कोरियाले जापानलाई नै फाइनलमा हराएर उपाधि जितेको थियो । युवा विश्वकपमा उत्तर कोरियाले शतप्रतिशत जितसहित उपाधि उचालेको हो ।

यू–२० विश्वकपको इतिहासमा उत्तर कोरियासँगै अमेरिका र जर्मनीले समान तीनपटक उपाधि जितेका छन् । फाइनलअघि अन्तिम–४ को खेलमा उत्तर कोरियाले चिर–प्रतिद्वन्द्वी अमेरिकालाई १–० ले नै हराएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार