काठमाडौं जिल्ला अदालतबाट हत्कडी लगाएर भागेका युवकसहित ३ जना पक्राउ

काठमाडौं जिल्ला अदालतबाट हत्कडीसहित भागेका युवक पक्राउ परेका छन् ।

आइतबार साढे ४ बजे अदालत परिसरबाटै भागेका सिरहा लहान नगरपालिका(४ का २८ वर्षीय संजिवकुमार यादवलाई सोमबार बिहान साढे ९ बजे प्रहरीले पक्राउ गरेको हो ।

थुनुवासँगै उनलाई भगाउन सहयोग गर्ने र लुकाएर कोठामा राख्ने गरी तीन जनालाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो ।

उनको हत्कडी काट्न सहयोग गरेको आरोपमा लहान घर भई ललितपुर महालक्ष्मीस्थान बस्ने २९ वर्षीय साजन चौधरी र भागेपछि कोठामा राखेको आरोपमा सप्तरीका पंकज चौधरीलाई पक्राउ गरिएको परिसरका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।

संजिव भागेर पंकजको ललितपुरस्थित महालक्ष्मी नगरपालिका–३ मा भएको कोठामा गएर लुकेका थिए । उनीहरुबाट प्रहरीले हत्कडी काट्न प्रयोग भएको औजार, हत्कडी र मोबाइल ५ थान बरामद गरेको छ ।

यादवलाई लागुऔषध खैरो हिरोइनसहित लागुऔषध ब्युरोले शुक्रबार पक्राउ गरिएको हो । म्याद थप गर्न काठमाडौं जिल्ला अदालत उपस्थित गराउन जाँदा उनी भागेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार