सामाजिक सञ्जालमा आएका विश्लेषणको आधारमा लगानी नगर्न नेप्सेको आग्रह

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सामाजिक सञ्जालमा आएका विश्लेषणको आधारमा लगानी नगर्न आग्रह गरेको छ ।

नेप्सेले सोमबार एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो । कुनै पनि निकायबाट बजार विश्लेषकको रूपमा दर्ता गर्ने वा मान्यता प्रदान नगरिएको नेप्सेले जनाएको छ ।​

फेसबूक, ट्विटर, क्लब हाउसलगायतका सामाजिक सञ्जाल वा आम सञ्चारका माध्यममा त्यस्ता विश्लेषक वा विज्ञका नाममा आउने विश्लेषणलाई मात्र आधार बनाई लगानी नगर्न नेप्सेले सुझाव दिएको छ । यसरी लगानी गरिदा जोखिममा पर्न सकिने भएकोले यथार्थ बुझेर मात्रै लगानी गर्न नेप्सेले लगानीकर्तालाई सुझाएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार