इजरायलले लेबनानमा आक्रमण गर्दा एकैदिन ४९२ जनाको मृत्यु

लेबनानमा इजरायलले आक्रमण गर्दा एकै दिन ४९२ जनाको मृत्यु भएको छ ।

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार मारिनेमा ३५ बालबालिका र ५८ महिलाहरु छन् । आक्रमणमा १ हजार ६४५ जना घाइते भएका छन् । घाइतेहरुमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्नसक्ने अनुमान छ ।

इजरायली सेनाले हिजबुल्लाहका १ हजार ३०० आश्रयस्थलमा आक्रमण गरेको जनाएको छ ।

इजरायलको उक्त आक्रमणलाई सन् २००६ को इजरायल-हिजबुल्लाह युद्धयताकै सबैभन्दा ठूलो आक्रमण भनिएको छ ।

हिजबुल्लाहले पनि सोमबार इजरायलका उत्तरी भू-भागहरूमा रकेट प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । यद्यपि क्षतिबारे भने खुलाइएको छैन ।

इजरायलले हमासविरुद्ध आक्रमण सुरु गरेपछि हिजबुल्लाहले हमासलाई सघाउने घोषणा गरेको थियो । त्यसैले इजरायलले हिजबुल्लाहलाई पनि निशाना बनाएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार