रवीन्द्र मिश्रले भेटे माओवादी अध्यक्ष प्रचण्ड

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । उपाध्यक्ष मिश्रले प्रचण्ड निवास खुमलटारमा भेटवार्ता गरेको तस्बिर सार्वजनिक गर्दै मिश्रले राजसंस्थालाई पुनःस्थापित गर्नुपर्ने भनाइ प्रचण्डसँग राखेको उल्लेख गरेका छन् ।

‘अब देश यस्तो बिन्दुमा पुग्यो कि राजसंस्थालाई पुनःस्थापित नगर्ने हो भने यो देश विस्फोटनको अवस्थातिर उन्मुख हुँदैछ । त्यतिबेला तपाईंहरूको अग्रगमन, नाम र सालिक केही बाँकी रहने छैन,’ मिश्रले प्रचण्डलाई भनेको भनाइ उद्धृत गर्दै सञ्जालमा लेखेका छन् ।

त्यसपछि प्रचण्डले राखेका भनाइलाई उनले विभिन्न ७ बुँदामा उल्लेख गरेका छन् । प्रचण्डले मिश्रलाई अहिलेकै स्थितिबाट देश चल्दैन भन्ने निष्कर्षमा आफू पुगिसकेको मिश्रलाई बताएका छन् ।

मिश्रका अनुसार अब यही अवस्थामा देश नचल्ने बताउँदै प्रचण्डले ‘निरन्तरतामा क्रमभंगता’ अत्यावश्यक भइसकेको बताएका थिए ।

प्रचण्डले पञ्चायतकालमा धेरै राम्रो काम भएको महुसुस भएको र राजा महेन्द्रलाई भिजनरी राजा रहेछन् भन्ने थाहा पाएको बताएको मिश्रको दाबी छ ।

प्रचण्डले देशमा विदेशीको चरम हस्तक्षेप भएकोसमेत स्वीकार गरेको मिश्रले बताएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार