श्रीलंकाका लागि प्रस्तावित राजदूत भट्टराईले लिए नाम फिर्ता

श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईले आफ्नो नाम फिर्ता लिएका छन् ।

संसदीय सुनुवाइ समितिले उनको स्नातक तह उतीर्णको प्रमाणपत्र माग गरेको थियो । तर उनले उक्त प्रमाणपत्र दिनुको सट्टा उनले राजदूतबाट नाम फिर्ता लिएका हुन् ।

भट्टराईले आफ्नो उम्मेदवारी कायम राख्न नचाहेको कुरा उल्लेख गरेर सुनुवाइ समितिमा पत्र पठाएका छन् ।

‘उहाँले प्रस्तावित राजदूतमा आफ्नो उम्मेदवारी कायम नराख्न मागसहित पत्र पठाउनु भएको छ,’ सुनुवाइ समितिका एक सदस्यले भने ।

सुनुवाइ समितिको बैठक मंगलबार बस्दैछ । उक्त बैठकअघि नै उनले आफ्नो नाम फिर्ता लिएको समितिमा जानकारी गराएका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार