सुनको मूल्य हालसम्मकै उच्च, कति पुग्यो ?

सुनको मूल्यले आज फेरि अहिलेसम्मकै सर्वाधिक महँगो मूल्यको कीर्तिमान कायम गरेको छ। सुनको मूल्य विगत चार दिनदेखि लगातार बढिरहेको छ। आज सुनको मूल्य तोलामा सातसय रुपैयाँ बढेर एक लाख ६० हजार ६ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुनकाे याे मूल्य अहिलेसम्मकै सर्वाधिक महँगाे हाे।

हिजो सुनको मूल्य एक लाख ५९ हजार सात सय रुपैयाँ थियो। महासंघका अनुसार आज चाँदीको मूल्य पनि बढेको छ। हिजो १ हजार ९ सय १५ रुपैयाँ रहेको चाँदीको मूल्य आज तोलामा ४० रुपैयाँ बढेर एक हजार नौ सय ५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार