रवि लामिछानेले अनुसन्धान अवरुद्ध पार्न खोजेको शंकर पोखरेलको आरोप

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले रास्वपाका सभापति रवि लामिछानेले सहकारी प्रकरणमा क्लिन चिट पाएँ भनेर प्रचार गर्नु गलत भएको बताएका छन् । उनले अनुसन्धानको प्रक्रिया नै अवरुद्ध पार्ने काम गरेको र सफाई नपाईकन क्लिन चिट पाएँ भनेर प्रचार गर्नु गलत भएको दाबी गरे ।

धनगढी विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले पत्रकारहरुसँगको कुराकानीमा लामिछानेले सहकारी ठगी प्रकरणमा यथाशक्य अनुसन्धानको प्रक्रियालाई बिना शर्त सघाउनुपर्ने धारणा राखे ।

उनले भने,‘अनुसन्धानलाई नै रोक्ने गरी जुन प्रकारका गतिविधि भइरहेको छ, यो कानुनी राज्यमाथिको उपहास हो,’ एमाले महासचिव पोखरेलले भने, ‘कुनै पनि राजनीतिक दल र नेतृत्वले अभियोग लाग्दा अनुसन्धानमा सहयोग गर्नुपर्छ ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार