अबदेखि पसलमा सबैले देख्ने गरी मूल्यसूची राख्नुपर्ने

काठमाडौं महानगरपालिकाको क्षेत्रभित्रका पसलहरुले बिक्री गर्ने वस्तुको मूल्यसूची सबैले देख्ने गरी राख्नुपर्ने भएको छ । जरुरी सूचना निकाल्दै महानगरले खुद्रा तथा थोक बिक्रेतालाई उक्त आग्रह गरेको हो ।

यसबाहेक अंकित अधिकतम मूल्य (एमआरपी) भन्दा बढी मूल्यमा बिक्रीवितरण नगर्ने सुनिश्चित गर्नुपर्ने, उपभोग गर्ने अवधि (ननएक्सपायरी डेट) बाँकी भएको मालसामान मात्र बिक्रीवितरण गर्नुपर्ने महानगरले जनाएको छ ।

यस्तै खाद्य, पेय तथा अन्य वस्तुको गुणस्तर, शुद्धता र स्वच्छता कायम गर्न पनि महानगरको सूचनामा उल्लेख छ ।

महानगरले कडाइका साथ यी कुरा पालनामा जोड दिएको छ । अनुगमनका क्रममा कैफियत भेटिए, उजुरी परे र गुनासो आएमा प्रचलित कानुनअनुसार कारबाही हुने महानगरको कृषि तथा पशुपन्छी विभागले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार