४९.१८ अंकले बढ्यो नेप्से, कारोबारले भने देखिएन उत्साह

लगातार ६ कारोबार दिनमा घटेको सेयर बजार परिसूचक (नेप्से) बुधबार भने दोहोरो अंकले बढेको छ । मंगलबार ५८.९३ अंकले घटेर २४५० अंकमा ओर्लिएको नेप्सेले त्यसपछि भने तल जान पाएन । २४५० मा सर्पोट पाएर बजार बुधबार उकालो लागेको हो ।

आज नेप्से परिसूचक १.९९ प्रतिशतले बढेर २५१९.५७ विन्दुमा पुगेको छ । सूचकमा उल्लेख्य बृद्धि देखिएपनि हरियो बनेका बजारमा लगानीकर्ता कारोबार गर्न उत्साहित देखिएनन् । नेप्सेका अनुसार चार अर्ब ८१ करोड ३२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

मंगलबार पाँच अर्ब ६८ करोड ९५ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।

आज २२३ कम्पनीको सेयर मूल्य बढेको छ भने १८ कम्पनीको सेयर मूल्य घटेको छ । तीन कम्पनीको सेयर मूल्य भने स्थिर छ । सेयर मूल्य स्थिर हुनेमा नेरूडे मिर्मरे लघुवित्त, सर्वोत्तम सिमेन्ट र सिक्लेस हाइड्रोपावर कम्पनी छन् ।

पाँच कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।

कारोबारमा आएका १३ समूहमध्ये म्युचुअफ फन्डको परिसूचक ०।०१ प्रतिशतले घटेको छ । बाँकी समूहको परिसूचक वृद्धि भएको छ । फाइनान्स समूहको परिसूचक सर्वाधिक ३।८० प्रतिशतले बढेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार