दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश श्याम विहारी मौर्यको इजलासले ५ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

आइतबार विद्युतीय अपराध (साइबर क्राइम) को कसुरमा पक्राउ परेका प्रसाईंलाई अदालतले पहिलोपटक तीन दिन हिरासतमा राख्नका लागि अनुमति दिएको थियो । उक्त म्याद सकिएपछि बुधबार प्रहरीले थप ७ दिन म्याद माग्दै अदालत लगेको थियो। तर अदालतले ५ दिन म्याद थप गरिदिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की एक केन्द्रीय सदस्यले दिएको जाहेरीका आधारमा प्रहरीको साइबर ब्यूरोले उनलाई पक्राउ गरेर अनुसन्धानन गरिरहेको छ । आइतबार पक्राउ परेपछि वीर अस्पतालमा बसेका प्रसाईंलाई मंगलबारदेखि जिल्ला सरकारी वकिल कार्यालयमा लगेर बयान थालिएको छ ।

अस्पतालबाट डिस्चार्ज भएपछि उनलाई प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखिएको छ । प्रसाईंले विभिन्न सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या गर्ने अभिव्यक्ति दिएको उजुरीमा उल्लेख छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार