देउवाले बोलाए कार्यसम्पादन समितिको बैठक, यस्ता छन् एजेण्डा

सत्ता साझेदार दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । पार्टी सभापति शेरबहादुर देउवाले उनकै निजी निवास बुढानीलकण्ठमा बैठक बोलाएका हुन् ।

बैठक असोज १३ गते आइतबार दिनको २ बजेका लागि बोलाइएको कार्यवाहक मुख्यसचिव प्रदीप पराजुलीले जानकारी दिए ।

मङ्सिर १६ मा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्ने प्रयोजनका लागि बैठक बोलाइएको पराजुलीले जानकारी दिए । दल दर्ताका लागि निर्वाचन आयोगमा दलको लेखा परीक्षण प्रतिवेदन‚ बैठकको निर्णय प्रतिलिपि लगायत विषय उपलब्ध गराउनुपर्ने हुन्छ । यसैका लागि बैठक बोलाइएको उनले बताए ।

साथै कांग्रेसले दसैँको कोजाग्रत पूर्णिमाको दिन आयोजना गर्दै आएको चियापान कार्यक्रमको विषयमा पनि छलफल र निर्णय हुने उनले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार