चितवनमा माइक्रो बस र दूध बोक्ने ट्यांकर एकापसमा ठोक्किए

चितवनको नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ पन्ध्रकिलो भन्ने ठाउँमा माइक्रो बस र दूध बोक्ने ट्यांकर ठोक्किएका छन् ।

गएराति मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको बा ३ ख १७५२ नम्बरको माईक्रो र बिपरित दिशातर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २६२२ नम्बरको दूध बोक्ने ट्याङ्कर आपसमा ठोक्किदा माइक्रोमा सवार १६ जना घाइते भएका हुन् ।

ट्याङकर चालक मकवानपुर राक्सिराङ गाउँपाकिलाका-१ बस्ने २९ वर्षीय पेमा लामालाई इलाका प्रहरी कार्यालय मुग्लिनले नियन्त्रणमा लिएको छ ।

दुर्घटनामा घाइते भएकाहरुको चितवनको विभिन्न अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डिएसपी भेषराज रिजालले जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार